Shikhar Insurance
National Life

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड बढी

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १२:५४
Hyundai
NCELL
NIMB

कैलाली । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ । वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो ।

चालु आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम २ करोड ४९ लाख पाँच हजार चार सय एक, घरायसीको २ करोड २४ लाख ५२ हजार एक सय ६०, अन्यको २ करोड ५३ लाख ५३ हजार ८७ र सडकबत्तीको १० करोड ९७ लाख ५२ हजार २५ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिए

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार गत आवको असार मसान्तसम्म बक्यौता रकम २० करोड १३ लाख २७ हजार थियो । चालु आवमा भने बक्यौता रकम केही घटेको उनको भनाइ छ । चालु आवको वैशाख मसान्तसम्म विद्युत् महसुल भुक्तानी नगर्ने एक हजार पाँच सय ७८ ग्राहकको लाइन काटिएको ढकालले जानकारी दिए । वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवारले भने,“हामीले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली गरिरहेका छौँँ । अरूको त रकम आइनै रहेको छ । सडकबत्तीको बक्यौता रकम अलि बढी छ । त्यसका लागि पनि प्रक्रिया अगाडि बढाएका छौँ ।”

गत आवभन्दा चालु आवमा बक्यौता रकम घटेको उनको भनाइ छ । वितरण केन्द्रका अनुसार गत आवको असार मसान्तसम्म औद्योगिकको २ करोड ४१ लाख ४२ हजार आठ सय ९१, घरायसीको रु पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९, अन्य ग्राहकको बक्यौता रकम १ करोड ४२ लाख २२ हजार तीन सय ६८ र सडकबत्ती बापतको १० करोड ५० लाख ३३ हजार तीन सय ७३ रहेको थियो । नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२ दशमलव पाँच प्रतिशत रहेका केन्द्रले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्