Shikhar Insurance
National Life

स्वदेशी उद्योगलाई मारमा पारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा विद्युत प्राधिकरण : उद्योग परिसंघ

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १७:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल विद्युत प्राधिकरण स्वदेशी उद्योगलाई मारमा राखेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा व्यस्त रहेको बताएको छ । विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको भन्ने विषयप्रति ध्यानाकर्षण गर्दै परिसंघले यस्तो बताएको हो ।

‘हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौं । तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै गरेन । जसको मारमा उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएका छन् । अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ’ परिसंघले जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न परिसंघले गरेको छ । साथै, उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघले माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्