काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बिन्दुमा पुगेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्