Shikhar Insurance
National Life

हिमालयन सेक्युरिटिजको साधारण सभा असार ७ गते

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन सेक्युरिटिज लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार असार ७ गते हिमालयन सेक्युरिटिज लिमिटेड, रजिष्ट्रर्ड कार्यालय, कमलादीमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात र मिति २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका अनुसार सभामा आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ । साथै, नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा थपघट परिवर्तन गर्नु परेमा सो गर्न गराउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायत विविध विषयमा छलफल गर्ने सभाको एजेण्डा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्