Shikhar Insurance
National Life

कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहनेछ : मन्त्रालय

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने जनाएको छ । कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा मन्त्रालयका सचिवद्वय डा दिपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्र, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घसहितको बैठकले पशुपंक्षी तथा जडिबुटी बीमाको अनुदान बक्यौता रकम भुक्तानी तथा विसं २०८० चैत १ गतेदेखि स्थगन भएको बीमासम्बन्धी छलफल भएको थियो । छलफलमा बीमा कम्पनीले जारी गरेको कृषि तथा पशुपंक्षी बीमा अन्तर्गतको बीमालेखवापत प्राप्त गर्नुपर्ने बाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये हाललाई करिब ९७ करोड यथाशीघ्र भुक्तानी गर्ने सहमति भएको प्रवक्ता शिवाकोटीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बाँकी रकम भुक्तानीका लागि चालु आर्थिक वर्षभित्रै गर्ने गरी मन्त्रालयले पहल गर्ने भएको छ । बीमकले कृषि तथा पशुपंक्षी बीमा निरन्तर गर्ने गरी आजको सरोकार भएका निकायको बैठकले निर्णय गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्