काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १९.८९ अंक्ले घटेर २०६९.५३ मा पुगेको हो ।
बिहिबार ३११ कम्पनीकोे ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रुपैयाँ कारोबार भएको छ ।
बिहिबार १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । पोखरा फाइनान्सको सेयरमा नकरात्मक सर्किट लागेको हो ।
त्यस्तै, कालिन्चोक दर्शनको ७०.८ प्रतिशत, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ६.७४ प्रतिशत, नेपार वेरहाउजिङ कम्पनीको ५.९६ प्रतिशत सहित २०७ कम्पनीको सेयर मूलय घटेको छ ।
प्रतिक्रिया दिनुहोस्