काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ मा पुगेको हो ।
बिहिबार ३११ कम्पनीकोे ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रुपैयाँ कारोबार भएको छ ।
बिहिबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, उप्पर लोहोर खोला लघुवित्त, भगवती हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपारको सेयरमा सपिर्कट लागेको हो ।
साथै, युनिलिभर नेपालको ९.५० प्रतिशत, ग्रीन भेन्चर्सको ६.९० प्रतिशत, सुपर मादी हाइड्रोपावरको ६.०४ प्रतिशत सहित ९२ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्