काठमाडौं । अन्तरराष्ट्रिय ब्राण्ड एलजीले ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना सार्वजनिक गरेको छ । एलजीले जेठ २० गते बाट सुरु हुने टि२० क्रीकेट वर्ल्ड कप २०२४ घरमै बसेर हेर्न सकिने योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्याशब्याक र उपहार पनि जित्न सक्ने कम्पनीले जनाएको छ । योजना अनुसार कुनै पनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र १ लाखको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ । साथै एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टि।भीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन् । एलजीका क्युनेड टिभी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टि।भीहरुमा ३ बर्षको फुल वारेन्टी रहेको छ । कुनै पनि एलजी टिभी को खरिदमा १ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सकिनेछ ।
ग्राहकबर्गहरुले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ती दाबी गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथसाथै शून्य ५ ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।
यो योजना जेठ १७ गते देखी नेपाल अधिराज्यभरी सिमित अवधी को लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
प्रतिक्रिया दिनुहोस्