Shikhar Insurance
National Life

न्युनतम मूल्य ३ सय ३० रुपैयाँमा साना किसान विकास लघुवित्तको सेयर लिलामीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार १२:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रुडेसिन्स क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ३० हजार कित्ता सेयर लिलामीमा ल्याएको हो ।
उक्त सेयरको लिलामी न्युनतम मूलय प्रतिकित्ता ३ सय ३० रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा न्युनतम १ हजार कित्ता दिनुपर्ने छ भने अधिकतम ४ हजार कित्ता सेयरको लागि आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

उक्त सेयर लिलामीको लागि साना किसान सहकारी तथा अन्य विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौं, लघुवित्तको शाखा कार्यालय बिर्तामोड, झापा, इटहरी,सुनसरी, बर्दिबास, महोत्तरी, हेटौंडा, मकावानपुर, गजुरी, धादिङ, पोखरा,कास्की, बुटवल
रुपन्देही, नेपालगञ्ज, बाँके, वीरेन्द्रनगर। सुर्खेत, बबरमहल काठमाडौं, लहान, सिराह, अत्तरिया कैलालीमा आवेदन पेश गर्न सक्नेछन् ।साथै, आज (जेठ १७ गत) देखि असार १९ गतेसम्म आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्