काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बिहिबार छापावाला सुनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३८ हजार २ सय रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन मूल्य प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, बिहिबार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्