काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २३.८१ अकंले घटेर २०८९.४२ अंकमा पुगेको हो ।
बुधबार सबैभन्दा धेरै पोखरा फाइनान्सको कारोबार भएको छ । कम्पनीको १९ करोड ५२ लाख १० हजार ६ सय ६५ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ६८ रुपैयाँ रहेको छ ।
त्यस्तै, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट, सर्वोत्तम सिमेन्ट, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वाधिक कारोबार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्