काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २३.८१ अकंले घटेर २०८९.४२ अंकमा पुगेको हो ।
बुधबार ३१४ कम्पनीको १ कारेड ७ लाख ३८ हजार १६९ कित्ता किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ कारोबार भएको छ ।
आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । लिभर नेपाल, कालिन्चोक दर्शन, उप्पर लोहोर खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयरमा सर्किट लागेको हो ।
साथै, पोखरा फाइनान्सको ८.१७ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ७.६५ प्रतिशत, नेपाल वेरहाउस कम्पनीको ६.०६ सहित ८३ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्