काठमाडौं । फलामे छड उत्पादक संघले भारतीय दवाबमा मेल्टिङ उद्योगहरुमाथी कर थोपरिएको आरोप लगाएका छन् ।
सरकारले ब्लेड उद्योगको भन्सार मेल्टिङ उद्योगको कच्चा पदार्थको भन्सार दर वृद्धि गरेपछी मेल्टिङ उद्योगीहरु सस्थाले भारतीय दवाबमा सरकारले स्वदेशी उद्योगलाई मास्ने गरि कर नीति लिएको आरोप लगाएका हुन ।
फलामे छड उत्पादक संघका उपाध्यक्ष हरि न्यौपानेले भारतिय ठूला उद्योगीको दवाबमा परेर सरकारले मेल्टिङ उद्योगको कच्चा पदर्थको भन्सार दर वृद्धि गरेर ब्लेडको भन्सार दर घटाएको आरोप लगाए ।
भारतीय ब्लेड उद्योगको दवाबमा सरकारले स्वदेशी उद्योग मास्ने नीति लियो, भारतीय ठुला उद्योगको हितमा सरकार लाग्यो । हाम्रो लडाइँ भारतीय ब्लेड संग हो संघका उपाध्यक्ष न्यौपानेले भने ।
नेपाल उद्योग बाणिज्य महासंघका बरिस्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले दुई वर्ष अघि एउटा नीतिबाट प्रभावित भएर आफुले मेल्टिङ उद्योग लगाएको तर अहिले फेरि अर्को नीति ल्याएर सरकारले दुस्ख दिएको आरोप लगाए ।
ब्लेड उद्योग लगाएको थिए, सरकारले मेल्टिङलाई प्रोत्साहन गर्ने नीति लियो । साढे दुई बर्ष लगाएर मेल्टिङ उद्योग लगाए, उत्पादन थालेको १५ दिन मात्रै भयो, अनि सरकारको नीति फेरियो, अब के गर्ने ? श्रेष्ठले प्रतिप्रश्न गरे । उनले नितिगत अस्थिरताहरुमा नितिगत भ्रष्टाचार समेत हुने गरेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्