काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले लिमिटेडले जेठ ३० गते विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। सभामा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्नेछ ।
साथै, विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको एक सूस्चनामार्फत जानकारी दिएको छ । जसअनुसार जेठ २२ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउँनेछन् ।
प्रतिक्रिया दिनुहोस्