Shikhar Insurance
National Life

हकप्रद सेयर प्रस्ताव पारित गर्न यूनाइटेड अजोडले बोलायो विशेष साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार जेठ ३१ गते विशेष साधारण सभा काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा विहान साढे १० बजेदेखि बस्नेगरी आव्हान गरेको हो ।

सभाले कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता सेयर बराबर १५ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी वृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम संचालक समिति गठन गर्ने र संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्योजनको लागि कम्पनीले जेठ २५ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार जेठ २४ गतेसम्म कायम सेयरधनी सभामा सहभागि हुन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्