काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बरालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बरालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
बरालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाल लगायत पदाधिकारीहरू उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्