काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ३.९३ अंकले बढेर २११३.२७ अंकमा पुगेको हो ।
सोमबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार कारोबार भएको छ । कम्पनीको २० करोड ४० लाख ४७ हजार ४ सय ३४ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ७२ रुपैयाँ ८० पैसा रहेको छ ।
त्यस्तै, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट, पोखरा फाइनान्स, हाथवे इन्भेष्टमेन्ट नेपाल, कालिन्चोक दर्शनको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्