काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ । अघिल्लो दिन (आइतबार) स्थिर रहेको सुनको मूल्य सोमबार ३०० रुपैयाँ बढेको हो ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ रहेको छ । आइतबार सुन प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य सोमबार प्रतितोला २५ रुपैयाँ बढेको हो।
प्रतिक्रिया दिनुहोस्