काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ अंकमा पुगेको हो ।
आज ३१५ कम्पनी १ करोड १० लाख ४४ हजार ४ सय ८५ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँ कारोबार भएको छ ।
आइतबार इन्फिनीटी लघुवित्तको ६.३६ प्रतिशत, वी नेपाल लघुवित्तको ६.३५ प्रतिशत, भगवती हाइड्रोपावरको ५.८८ प्रतिशत, गणपति लघुवित्तको ५.६९ प्रतिशत सहित २५१ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्