काठमाडौं । विशेष अदालतका न्यायधिशहरु टेकनारायण कुँवर (अध्यक्ष), मुरारीबाबु श्रेष्ठ (सदस्य) र रितेन्द्र थापा (सदस्य) विरुद्ध न्यायपरिषदमा उजुरी परेको छ । सम्पति शुद्धिकरण विभागले दायर गरेको मुद्दा फैसलामा चलखेल भएको भन्दै उजुरी परेको हो ।
विशेष अदालतको मुद्दा नम्बर ०७९-CR-००४५ मा सुरेन्द्र बहादुर सिंह, शारदा देवी सिंह, जिवन बहादुर सिंह र जयन्ती थापा विरुद्ध परेको मुद्दामा एथेष्ट प्रमाणहरुलाई नजर अन्दाज गरी सफाई दिएको भन्दै उजुरी परेको हो । उजुरी दायर गर्ने भेष राज लुइटेल हुन् । उनले सचेत नागरिकका रुपमा न्यायधिसहरु विरुद्ध उजुरी दिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्