Shikhar Insurance
National Life

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार १५:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिएका हुन् ।

उनका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो । तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ दखिएको उनले जानकारी दिए । यो नयाँ भेरियन्ट होइन । ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट हो । यसलाई नयाँ नाम मात्र दिइएको हो’ उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट सङ्क्रामक नभएको बताए । केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन । यसको प्रभाव खासै छैन उनलृ बताए । बयालीस वटा परीक्षणमा प्रयोगशालाका ओमिक्रोन ९जेएन १० सात जनामा ओमिक्रोन (बीए २) , दुई जनामा देखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्