काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुन मूल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३८ हजार ५० मा खरिद बिक्री भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदी १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भएको छ भने अघिल्लो दिन चाँदी १ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्