Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख बढी संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार १०:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको जम्मा १ लाख ६८ हजार १ सय ९१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र के कति रकमको सेयर खरिद गर्ने हो सो समेत खुलाइ बैंकको सेयर शाखा लाजिम्पाटमा निवेदन गर्नुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर खरिदबिक्रीको प्रकृया अगाडि बढाउने बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्