Shikhar Insurance
National Life

वनस्पति तेलको भन्सार महसुल घटाउन चलखेल, हिम्मत गर्लान अर्थमन्त्री वर्षमान पुनले ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार ०८:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । पुर्व अर्थमन्त्री जनार्दन शर्माले ल्याएको आर्थिक ऐन २०७९ सर्वाधिक विरोध भयो । सडकदेखी सदनमा समेत विरोध हुन थालेपछि २०७९ भदौ २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट एक निर्णय भयो ।

निर्णयमा भनिएको छ, आर्थिक ऐन २०७९ कार्यान्वयनको क्रममा देखिएको त्रुटी करको दर संशोधन गर्ने ।’ सो निर्णयको २ दिनपछि राजपत्र छापियो । राजपत्रको १ नम्बर बुदाँको (ङ) मा ‘आर्थिक ऐन, २०७९ को भन्सारसम्बन्धी अनुसूची- १ को दफा १४ को उपदफा (३) को खण्ड (ष) पछि देहायको खण्ड (स) थप्नेः-“(स) वनस्पति घ्यू तेल उद्योगहरूले औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोग गर्ने उपशीर्षक १५०७.१०.०० को कच्चा भटमासको तेल, उपशीर्षक १५११.१०.०० कच्चा पाम तेल र उपशीर्षक १५१२.११.०० को कच्चा सूर्यमुखी तेलको पैठारी गर्दा लाग्ने भन्सार महसुलमा नब्बे प्रतिशत छुट हुने ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो निर्णयले वनिपति तेल आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल १० प्रतिशतबाट १ प्रतिशतमा सिमित भयो । यो एउटा निर्णयले मात्रै राज्य कोषमा आउनुपर्ने अर्बौ रुपियाँ व्यावसायीको खल्तिमा गयो । सो आर्थिक वर्ष क्रुड सोयाबिन तेल ३५ अर्ब ५८ करोड, क्रुड पाम तेल २५ अर्ब ९१ करोड र सोयाबिन तेल १८ अर्ब ४ करोड गरी कुल ७९ अर्ब ५४ करोड  बराबरको आयात भएको छ ।

यदि पुरानो दरमा भन्सार महसुल लागेको भए भन्सार विभागले ७ अर्ब ९५ करोड महसुल प्राप्त गर्ने थियो । तर ९० प्रतिशतसम्म छुट दिएपछि ७९ करोड ५४ लाख मात्रै भन्सार महसुल तिरे, ७ अर्ब १५ करोड व्यापारीले छुट लिए । तर उपभोक्तालाई छुट दिन अस्वीकार गरे ।

पुर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको समयमा पनि व्यापारीहरुले आकर्षक प्रस्ताव गरेको मन्त्री महतले सार्वजनिक रुपमै बताएका छन् । तर उनले सो आकर्षक प्रस्ताव अस्वीकार गरिदिएको बताउने गरेका छन् । आर्थिक ऐन २०८० मा सुविधा नपाएका व्यापारीहरु आर्थिक ऐन २०८१ मा चलखेल गर्न सकिने निष्कर्ष सहित लबिङमा लागेका छन् ।

व्यावसायीहरुले अर्थमन्त्रीको टीमलाई  भेटेर भन्सार दर घटाउन प्रस्ताव गरिरहेको अर्थ मन्त्रालय स्रोतले बतायो । स्रोतले सिंहदरबारसँग भन्यो, ‘वनस्पति तेल घ्युमा नीतिगत चलखेल गर्न व्यापारीहरु लागी परेका छन्, व्यापारीले वर्षमान पुनको टीमलाई भेट गरिसकेको छ, सफल भएको/नभएको १५ गते मात्रै थाहा हुनेछ ।’

माओवादी मन्त्रीबाट नीतिगत चलखेल गर्न सहज हुने अनुमान सहित व्यावसायीहरु लागि परिरहेका छन् । तीन शिर्षकमा आयात हुने तेल नेपालमा आयात भएर भारततर्फ निर्यात हुने प्रमुख वस्तु हो । अर्थमन्त्री वर्षमान पुनले पुर्व अर्थमन्त्री जनार्दन शर्माको कर नीतिको चर्को विरोध गरिरहेका छन् । मन्त्री पुनले समकक्षी शर्माले करको दफाहरु बिक्री गरेको आरोप लगाइरहेका छन् ।

मन्त्री पुनले कुनै व्यापारिक घरानालाई टार्गेटमा राखेर कर नीति नबनाउने बताइरहेका छन् । यद्यपी उनले कस्तो नीति लिन्छन् भन्ने कुरा जेठ १५ गते थाहा हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्