काठमाडौं । बिहिबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँ घटेको छ । बुधबार १०० रुपैयाँ घटेको सुनको मूल्यमा बिहिबार १ हजार ८ सय रुपैयाँले गिरावट आएको हो ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन १ लाख ३९ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।
प्रतिक्रिया दिनुहोस्