Shikhar Insurance
National Life

नियमन आयोगको अध्यक्षका लागि दिल्लीबहादुर सिंह सहित ८ जनाको आवेदन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार २०:०५
Hyundai
NCELL
NIMB

काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ जनाले आवेदन दिएका छन् । आयोग अध्यक्षका लागि आजसम्म आवेदन दिने अन्तिम दिन थियो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अध्यक्षका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंह, डा रामप्रसाद धिताल, मोतिबहादुर बँवर, डा मधुसुधन अधिकारी, कृष्णसिंह बस्नेत, चन्द्रसिंह सायद, अर्जुनजङ्ग थापा र कुशेश्वरप्रसाद साहले आवेदन दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, सदस्यका लागि जयराम भण्डारी, चूडामणि चापागाई, डा. मधुसुदन अधिकारी, सुरेशबहादुर भट्ट, भागीरथी भट्टराई ज्ञवाली, कृष्णसिंह बस्नेत, शकुन्तला ढकाल मरहट्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साह, डा सूर्यकुमार सापकोटा र जेनी पुरीले आवेदन दिएका छन् ।

मन्त्रालयले गत वैशाख २६ गते १५ दिनभित्र आवेदन दिन सार्वजनिक सूचना आह्वान गरेको थियो । सूचनाअनुसार, एक अध्यक्ष र तीन सदस्यका लागि आवेदन दिन भनिएको थियो ।

मुलुकको ऊर्जा क्षेत्रको नियमन गर्ने निकायका रुपमा आयोग क्रियाशील छ । आयोगका अध्यक्ष र सदस्यको कार्यावधि पाँच वर्षको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्