काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेश्नल लिमिटेडले ग्राहकहरुका लागि बम्पर योजना ल्याएको छ । बैंकले ग्राहकहरुको रकम सुरक्षित राख्न ‘खुत्रुके’ योजना ल्याएको हो ।
घरको खुत्रुकेमा पैसा जम्मा गर्दा हराउने र चोरी हुने जोखिम बढी हुने बैंकले जनाएको छ । यसका लागि आफ्नो रकम सुरक्षित राख्न सिटिजन्स बैंक उपयुक्त हुने बैंकले एक भिडियो सन्देश मार्फत जानकारी दिएको छ । भिडीयोमा एक व्यक्ति जसले लामो समयदेखी खुत्रुकेमा जम्मा गरेको रकमले पोखरा घुम्न जाने, राम्रो जिन्स पाइन्ट लगाउने कपडा लगाउने योजना बनाउँछन् । तर उनलाई सिटिजन्स् बैंकमा लगेर जम्मा गर्ने विचार आउँछ ।
यस बैंकमा रकम बचत गर्दा हराउने र चोरी हुने डर नहुने समेत बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालसम्म देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्