Shikhar Insurance
National Life

लक्ष्मी सन्‌राईज बैंकको नेतृत्वमा सुपर बागमती हाइड्रोपावरमा ९ अर्ब २८ करोड लगानी गर्ने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार १७:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सन्‌राईज बैंक लिमिटेडको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो ।

सो आयोजनाको कूल लागत रू ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, आषाढ २५, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि र एएनके कन्स्ट्रकशन रहेका छन् । सो परियोजना निमार्णको लागि लक्ष्मी सन्‌राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रर्वदकर संस्थापकहरुको लगानी रहने छ ।

सो परियोजनामा लक्ष्मी सन्‌राईज बैंकको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ । सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ । सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादकको मध्येको ठुलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्