काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ मा पुगेको हो ।
बुधबार ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५ सय २१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ कारोबार भएको छ ।
बुधबार मानुषी लघुवित्तको ८.०५ प्रतिशत, मध्य भोटेकोशी जलविद्युतकको ६.६४ प्रतिशत, समाज लघुवित्तको ५.३२ प्रतिशत, पीपुल्स पावरको ४.८८ प्रतिशत, रिभर फल्स पावरको ४.७५ प्रतिशत सहित १९२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्