काठमाडौं । साताको चोथौ कारोबार दिन सुनको मूल्य घटेको छ । छापावाला सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ रहेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ३९ हजार ८ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य १ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन १ हजार ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्