Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको ७ लाख कित्ता बढी सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कूल ७ लाख १७ हजार ४ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी सुषमा पोखरेल शर्माको नाममा रहेको ४७ हजार २ सय ९४ कित्ता, राजेन्द्र कुमार घिसिङको ६१ हजार ४ सय २५ कित्ता, पर्शुराम कार्कीको १ लाख ५८ हजार ८२ कित्ता, मोहन प्रजापतिको ६१ हजार ४ सय २१ कित्ता, विनोद कुमार शर्माको ८ हजार २ सय ४८ कित्ता, रीना महर्जनको नाममा रहेको ६१ हजार ४ सय २१ कित्ता, मनोज विक्रम शाहको १ लाख ६१ हजार ५ सय ४९ कित्ता, शिशीर कुमार भट्टको नाममा रेहको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

उक्त सेयर खरिद मूल्य भने तोकेको छैन् । सेयर खरिद बिक्रीको लागि इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल ाि बैंकको प्रधान कार्यालय टंगालमा मा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंककले कानुन बमोजिम अन्य व्यक्ति वा संघ संस्थाहरुलाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्