काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीले हकप्रद सेयर प्रस्ताव पारित गर्न जेठ २५ गते काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सभा आव्हान गरेको हो ।
सभाले कम्पनीको ५० प्रति सेयरको २ः१ सेयर अर्थात ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गरि चुक्ता पूँजी र जारी पूँजी बढाउने तथा प्रिमियममा समेत सेयर जारी गर्न सक्ने व्यवस्था गर्ने एजेण्डा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्