काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेको छ । उनले मंगलबार विवरण सार्वजनिक गरेको हो ।
विवरण अनुसार उनको सम्पत्तिमा ७५ तोला सुन र २५ किलो चाँदी देखिएको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार, चौधरीको काठमाडौंमा १२ आना, १ पैसामा बनेको घर छ । जुन स्व आपफैले आर्जन गरेको २ करोड ६७ लाख रुपैयाँमा खरिद गरिएको विवरणमा छ । यस्तै, सुनसरीको दुहवीमा एक कठ्ठा एक धुर जग्गामा बनेको घर रहेको उल्लेख छ । चौधरीको कुल जग्गामध्ये १५ कठ्ठा जग्गा दाङको सोनापुरमा रहेको उल्लेख छ ।
करिब एक लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उनको सम्पत्ति विवरणमा फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा २ लाख ४२ हजार १०५ कित्ता संस्थापक सेयर रहेको तथा अन्य कम्पनीमा एक लाख ५० हजार कित्ता सेयर रहेको उल्लेख छ । उनले नेपाल बैंकबाट ६० लाख, श्री इन्भेष्टमेन्ट बैंकबाट ५० लाख र अन्यबाट १ करोड ऋण लिएकोमा एक करोड ऋण तिर्न बाँकी रहेको पनि सम्पत्ति विवरणमा खुलाएका छन् ।
साथै, उनले बाईक मोटरसाइकल ४ लाख ६५ हजारमा खरिद गरेको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्