Shikhar Insurance
National Life

नागरिक उड्डयन मन्त्री तामाङको बैंक खातामा साढे सात लाख, अन्य सम्पत्ति कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १८:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति मामिला तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार तामाङको घर नभएको देखिएको हो ।

तामाङको राष्ट्रिय बाणिज्य बैंक सिंहदरबार काठमाडौंमा ७ लाख ५० हजार आफ्नो तलब भत्ता रहेको उल्लेख गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तामाङको आफ्नो र श्रीमतिको नाममा रहेको नुवाकोट र टोखा सरस्वती साविक झोर गा.वि.स २ मा पैतुक र साटासाट गरी कूल खरिद मूल्य ३५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

उनको सम्पत्ती विवरण अनुसार सुन ८ तोला चाँदी ६ तोला र नगद १३ लाख आफ्नो तलब भत्ताबाट रहेको उल्लेख छ । तामाङले विभिन्न व्यक्तिबाट लिएको २ लाख ५० हजार र दिएको १ लाख ५० हजार रहेको  छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्