Shikhar Insurance
National Life

मन्त्री शर्मासँग साढे २ तलाको घर र होण्डाई कार, राष्टिय वाणिज्य बैंकमा ६५ लाख ऋण

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १८:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्पत्ति विवरण सार्वजनिक गरेको छ । उनले मंगलबार विवरण सम्पत्ति सार्वजनिक गरेको हो ।

विवरणमा श्रीमान कृष्णध्वज खड्काको नाममा काठमाडौं किर्तिपुर वडा नं.७ मा ६ आनाको जग्गामा २.५ तलाको घर रहेको देखाइएको छ । उक्त घर आफ्नै पारिश्रमिक, ऋण र पैतृक आयबाट जोडिएको उनले जनाइएको छ । शर्माले ६ तोला सुन र २ तोला चाँदी पैतृक र उपहारमार्फत जोडिएको विवरणमा उल्लेख छ । विवरण अनुसार उनीसँग राष्ट्र वाणिज्य बैंकमा १ लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री शर्मा, श्रीमान कृष्णध्वज खड्का र छोरीहरुको नाममा विभिन्न कम्पनीहरुमा १ हजार ५ सय कित्ता सेयर रहेको विवरणमा उल्लेख गरिएको छ । विवरण अनुसार शर्माले राष्टिय वाणिज्य बैंकबाट ६५ लाख ऋण लिएको छ । शर्माले पारिश्रमिक, ऋण तथा राष्ट्रिय वाणिज्य बैंकमार्फत ३६ लाखमा होण्डाई कार खरिद गरेको विवरणमा देखाईएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्