Shikhar Insurance
National Life

कानुन मन्त्री गिरीको बैंक खातामा १ लाख मात्र, २३ तोला सुन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १८:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्री गिरीले मंगलबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

गिरीको नाममा पर्वत कुश्मा वडा नं. ७ मा ७ आना र आमा सिता कुमारी गिरीको नाममा पर्वत कुश्मा वडा नं.३ मा ४ आना रहेको विवरणमा उल्लेख गरेका छन् । विवरण अनुसार मन्त्री गिरीसँग २३ तोला पैतृक सुन रहेको छ । विवरण अनुसार गिरीसँग नेपाल बैंक लिमिटेड र एभरेष्ट बैंकमा १ लाख रुपैयाँ सांसदको तलब रहेको देखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पोखरामा गिरीको न्यू एरा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस रहेको र ५० लाख ऋण तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, उनले नेपाल बैंक लिमिटेडमार्फत ४० लाख ऋण लिएको र सो रकम तिर्न बाँकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्