Shikhar Insurance
National Life

उर्जामन्त्री वस्नेतको ३५ लाख सम्पत्ति, ६ लाख बढी सेयर

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर वस्नेतले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री वस्नेतले मंगलबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

वस्नेतको एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकमा १० लाख नगद रहेको विवरणमा उल्लेख छ । विवरण अनुसार श्रीमती सत्य पहाडीको नाममा आइसीएमसी काे छ लाख रूपैयाँ मुल्यकाे सेयर रहेकाे समेत विवरणमा उल्लेख छ । मन्त्री वस्नेतको नगद ३५ लाख रुपैयाँ पारिश्रमीक, तलव तथा भत्ता वापत आम्दानी भएकाे समेत विवरणमा उल्लेख गरिएको छ । त्यस्तै सम्पत्ति विवरणमा वस्नेतले ५ तोला सुन देखाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वस्नेतले जाजरकोटको भेरी नगरपालिका १ मा १ राेपनी ८ आना जग्गा छोरी संगम वस्नेतको नाममा, भेरी नगरपालिका ३ मा तिन राेपानी ६ आना ३ पैसा पैत्रिक जग्गा रहेको विवरणमा उल्लेख छ । सत्य पहाडीको नाममा सुर्खेत लाटी कोइली हाल बि.न.पा.मा १ सय २६ वर्गमिटर जग्गा जसकाे मुल्य  १० लाख रुपैयाँ रहेको पनि विवरणमा देखाईएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्