काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सम्पति श्रीमतिको नाममा राख्ने गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार लामिछाने भन्दा निकिता पौडेलको सम्पति धेरै देखिएको हो ।
सार्वजनिक विवरण अनुसार लामिछानेको भक्तपुर जिल्लामा १ रोपनी १ आना जग्गा रहेको छ । यो सम्पति उनले पैतृक रुपमा लिएको खुलाएका छन् । यस्तै नेपाल बैंक लिमिटेडमा उनको १ लाख ५ हजार नगद मौज्दात देखिएको छ । तर उनकी धर्मपत्नी निकिता पौडेलको भने करोडौं सम्पति देखिएको छ ।
गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा पौडेलको २५ प्रतिशत शेयर रहेको छ । जसको मूल्य ८ करोड ७५ लाख उल्लेख गरिएको छ । यस्तै सो कम्प्लेक्समा १० रोपनी जग्गाको २५ प्रतिशत हिस्सा उनकै नाममा छ । बुढानिलकण्ठमा ५ आनामा ३ करोड ७५ लाखमा कर खरिद गरेकी छिन् । घरको १ करोड ५० लाख ऋण तिर्न बाँकी देखिएको छ ।
श्रीमतिको नाम बाहेक लामिछानेको नाममा ठूलो रकम तथा जग्गा देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्