काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । नेप्से २३.९४ अंकले बढेर परिसूचक २११५.९४ को बिन्दुमा पुगेर सेयर बजार बन्द भएको हो ।
मंगलबार ३१७ कम्पनीको ५ अर्ब २० करोड ६२ लाख ८ हजार १ सय ११ रुपैयाँ ५६ पैसाको कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै कारोबार पोखरा फाइनान्सको कारोबार भएके छ । कम्पनीको २४ करोड ६४ लाख ७१ हजार ५ सय ९४ रुपैयाँ ६० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ११ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्