काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २३.९४ अंकले बढेर २११५.९४ मा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख ८ हजार १ सय ११ रुपैयाँ कारोबार भएको छ ।
मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागे पनि केही कम्पनीको सेयर मूल्य भने घटेको छ । आज साइन रेसुगां डेभलपमेन्ट बैंकको ४.२८ प्रतिशत,भगवती हाइड्रोपावर डेभलपमेन्टको ३.१९ प्रतिशत, एनआइसी एसिया ग्रोथ फण्ड २ को ३.०३ प्रतिशत, रिभर फल्स पावरको २.९१ प्रतिशत सहित ७३ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्