Shikhar Insurance
National Life

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १३:३४
Hyundai
NCELL
NIMB

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरुपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए । मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ अध्यक्षले भने । फरक प्रसङ्गमा उहाँले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्