Shikhar Insurance
National Life

डिम्याट खाता नवीकरण गर्न मुक्तिनाथ क्यापिटलकाे आग्रह

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १०:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले सेयरधनीहरुलाई डिम्याट (हितग्राही) खाता नवीकरण गर्न आग्रह गरेको छ ।

कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरू बाट डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आइरहेका खातावालालाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डिम्याट खातावालाहरूले प्रत्येक आथिक वर्षमा १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको कम्पनीले जानकारी गरेको छ । उक्त रकम यही असार मसान्तभित्र मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा बुझाउन सकिने कम्पनप्ले एक सूचना मार्फत उल्लेख गरेको छ । मेरोसेयर प्रयोगकर्ताहरूले मेरोसेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट शुल्क बुझाउन सक्नेछन् ।

साथै, १ हजार ९ सय ९९ रुपैयाँ भुक्तानी गरी यस क्यापिटलबाट संचालित आजीवन डिम्याट र मेरोसेयर खाता योजनाको सुविधा लिई वार्षिक रुपमा नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सकिने क्यापिटलले सूचनामा उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्