काठमाडौं । बुद्ध भूमी नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि स्वीकृत पाएको छ । कम्पनीले वैशाख २० गते दिएको निवेदन अनुसार साधारण सभामा पेश गर्न जेठ ७ विद्युत नियमन आयोगबाट स्वीकृति दिएको हो ।
४.९९३ मे.वा. क्षमताको तल्लो तादी खोला जलविद्युत आयोजनाको प्रवर्दधक रहेको बुद्ध भूमी हाइड्रोपावरले स्वीकृतिका लागि निवेदन दिएको थियो ।
कम्पनीले हालको चुक्ता पूँजी ४० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद सेयर जारी गर्न सहमति माग गरेको थियो । यस सम्बन्धमा आयोगले कम्पनीलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव सभामा पेश गर्न सहमति प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्