Shikhar Insurance
National Life

१० महिनामा वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन, ७० करोड सङ्कलन गर्ने लक्ष्य

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार ०८:४७
Hyundai
NCELL
NIMB

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैयाँ रकम राजस्व सङ्कलन गरेको छ।

महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा ३ करोड १८ लाख ९८ हजार २९ रुपैयाँ रकम बढी सङ्कलन गरेको हो । महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोड रुपैयाँको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए। ‘‘आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घटेको छ, यसको राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ’’ उनले भने।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रुपैयाँ रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए। ‘‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले १३ करोड ९३ लाख ६२ हजार रुपैयाँ मात्रै सम्पत्ति कर (मालपोत) कर उठेको छ,’’ उनले भने,‘‘आन्तरिक राजस्व अपेक्षाकृत रुपमा सङ्कलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ।’’

महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ । महानगरले यस वर्ष घरबहाल कर बापत ४ करोड ९६ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने २ करोड ७ लाख ९२ हजार रुपैयाँ सङ्कलन गरेको छ।

महानगरले बहाल करतर्फ ३ करोड २६ लाख ४४ हजार रुपैयाँ तथा अन्य सेवा शुल्कबापत २ करोड ४१ लख ४३ हजार रुपैयाँ, नक्सापास दस्तुर २ करोड ९२ लाख ४ हजार रुपैयाँ उठाएको छ । गत आवमा ५७ करोड एक लाख ७३ हजार दुई सय एक रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्