Shikhar Insurance
National Life

कुमारी क्यापिटल र हिमाल वाटर पार्क होटलबीच ‘वे टु लिस्टिङ ‘ सेवा उपलब्ध गराउने सम्झौता

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १९:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडबीच व्यवसायिक सम्झौता भएको छ । ‘Way to Listing’ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

बैंकले हिमाल वाटर पार्क भिलेज होटललाई ipo जारी गरि सूचिकरणको चरणसम्म पु¥याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौतामा भिलेज होटल का तर्फबाट सञ्चालक सुनिल कुमार खेतान र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको पर्यटन विकासमा टेवा पु¥याई बैदेशिक मुद्राको संचितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइज अन्तर्गत रहि सञ्चालन भइरहेको छ । सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरि यो होटल सञ्चालनमा रहेको छ ।

हाल परिवर्तित गण्डक, वहुवरी­१४, विरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले Suite, Deluxe, Executive, Presidential Suite गरि ६० वटा सुविधा सम्पन्न कोठाहरुका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित आरामदायी आवास, आधुनिक सुविधाहरू र न्यानो आतिथ्यताको साथ सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्