Shikhar Insurance
National Life

भद्रपुर नगरपालिकाद्वारा कृषकलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १५:४४
Hyundai
NCELL
NIMB

झापा । भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । प्रतिकिलो ६० रुपैयाँ देखि ९५ रुपैयाँमा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो ।

नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले धानको बीउमा गुणस्तर नियन्त्रण गर्न दुई बीउ उत्पादक संस्थासँग सम्झौता गरेर वितरण गरिरहेको जानकारी दिए । उनले धानको बीउ नउम्रेमा, बाली नलागेमा बीउमा मिसावट देखिएमा वा बाली बिग्रन गई आर्थिक क्षति भएमा बीउ उत्पादकले नै क्षतिपूर्ति उपलब्ध गराउने सम्झौता गरिएको बताए । धानको उत्पादन तथा बीउमा गुणस्तर नियन्त्रणका लागि उत्पादकसँग सम्झौता गरी वितरण गर्न लागिएको भन्दै भद्रपुर पहिलो नगरपालिका भएको कृषि अधिकृत विमलीले दाबी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार नगरभित्रका किसानको मागका आधारमा २९ हजार आठ सय ८० किलो धानको बीउ खरिद गरी अनुदानमा वितरण गरिरहेको छ । कृषि विकास शाखाका अनुुसार लल्का बास्मती, सुक्खाधान–३, बहुगुणी–१, बहुगुणी–२, सुद्धोधन कलानामक, साँवा मसुली सव–१, रामधान, स्वर्णा सव–१ र राधा–१२ जातका धानको बीउ खरिद गरिएको हो । कृषि अधिकृत विमलीका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय तथा सहकार्यमा गुणस्तरीय बीउबिजनको उत्पादन, आपूर्ति तथा वितरण प्रणालीको सुदृढीकरणका साथै स्वदेशी जातको बीउ प्रवर्द्धन गर्न धानको बीउवितरण गरिएको हो ।

उनले किसानका मागका आधारमा औसतमा ३० किलोसम्म बीउ उपलब्ध गराइरहेको जानकारी दिए । कृषकलाई व्यावसायिक खेतीमा आत्मनिर्भर बनाउनुका साथै उत्साहित बनाउन नगरपालिकाले समयसमयमा अनुदानमा बीउ वितरण गर्दै आएको कृषि विकास शाखाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्