काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्जा प्रवाह विस्तारमा केहि लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।
साताको दोस्रो कारोबार दिन २७.५४ अंकले बढेर परिसूचक २०९२.०० को बिन्दुमा पुगेर सेयर बजार बन्द भएको छ । सोमबार ३१५ कम्पनीको १ कारोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता कारोबार हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २ सय १२ रुपैयाँ १९ पैसाको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै कारोबार पोखरा फाइनान्सको कारोबार भएके छ । कम्पनीको १९ करोड ९२ लाख ९९ हजार ८ सय २४ रुपैयाँ ७० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ९३ रुपैयाँ ६० पैसा रहेको छ ।
सोमबार १ सय ३४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, सोमबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.४० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्