Skip to content
Shikhar Insurance
National Life

सोमबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५४ अंकले बढेर २०९२.०० अंकमा पुगेर बजार बन्द भएको हो ।

सोमबार ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २ सय १२ रुपैयाँ कारोबार भएको छ । आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त, बुद्ध भूमी नेपाल हाइड्रोवार, भगवती हाइड्रोपावर डेभलपमेन्ट र नेरुडे मिर्मिरे लघुवित्तको सेयरमा सर्किट लागेको हो ।

साथै, बाराही हाइड्रोपावरको ९.०९ प्रतिशत, एनआईसी एसिया बैंकको ९.०६ प्रतिशत, माई खोला हायड्रोपावरको ८.२१ प्रतिशत सहित १६८ कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्