Shikhar Insurance
National Life

सुजुकीको जीम्नी रारा एडभेन्चर ‘अ राईड विथ अ कज’ सम्पन्न, ३० हजार बढी युनिट बिक्रि

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ७, सोमबार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक CG|Holdings अन्तर्गतको अटोमोटिभ डिभिजन CG|Motocorp तथा CG|NXTGEN ले Jimny (जीम्नी) रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न गरेको छ । बैशाख २३ देखि २९ सम्म भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

Jimny मालिकहरूले Jimnyको वास्तविक क्षमता पत्ता लगाउन सकुन भन्ने उद्देश्यका साथ सो राईड सम्पन्न भएको कम्पनीले बताए । बुटवलबाट सुरु भएको रारा एडभेन्चर राईडमा मारुती सुजुकी इंडिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले Jimny को ५ दशकभन्दा लामो बिरासत र यसको अफ रोडिंग क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्वो भरी नै Jimny एउटा लाइफ स्टाईल एसयूभी को रुपमा निकै लोकप्रिय भएको पनि बताए । ९० भन्दा धेरै देशहरुमा लन्च भएको Jimny ३०००० भन्दा धेरै युनिट बिक्रि भईसकेको कम्पनीले जनाएको छ ।

उक्त राईडमा १० वोटा Jimny गाडीले सहभागीता जनाएको थियो । राईडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित श्री सरस्वोती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरेको थियो । १३५ भन्दा बढी विधार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी –८, कालिकोटका वडा अध्यक्ष लाल बहादुर बिष्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो।

राईडमा सहभागि एक Jimny ग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउदै भने,’रारा फेरि जानु एउटा इच्छा थियो, Jimny मैले यसको अफ रोडिंग क्षमताका कारण खरिद गरेको हो, यो राईडमा Jimny को क्षमता अनुभव गर्न पाए। यो कार्यक्रममा विभिन्न क्षेत्रका अरु Jimny राईडरहरु भेट्न पाए, एउटा परिवार जस्तो भयौ हामी, यो राईड अत्यन्त रमाइलो भयो र आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भनेर कामना पनि गर्दछु।’ अर्को Jimny ग्राहक आदित्य थापाले भने,’म सोलो राईड धेरै पटक गएको छु, तर यो कार्यक्रममा अरु Jimny ओनर्ससँग जानु पाउदा अझै रमाइलो भयो। Jimny लिएपछि मलाई एकचोटी कर्णाली राजमार्ग जानु इच्छा थियो, यो राईड आयोजना हुदै छ भनि थाहा पाए पछि, ड्रिम कम त्रु फिल भयो, येसरी संगठित र सुरक्षित तवरले आयोजना गरिदिनु भएकोमा म आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।’

कार्यक्रमबारे बोल्दै CG|Motocorp तथा CG|NXTGEN  का महाप्रबन्धक सिरज पन्तले भने, ‘अफ रोडिंग Jimny को मुख्य विशेषता हो, यो एउटा लाइफ स्टाईल एसयूभी हो जसले एडभेन्चर रोज्ने ग्राहकको माग पुरा गर्दछ । यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको नै उहाहरुलाई आफ्नो Jimny को क्षमता महसुस गरुन र आफ्नो अनुभव एक अर्कामा आदानप्रदान गरी एउटा कम्युनतीको रुपमा आगाडी बढोस भन्ने हो। आगामी दिनमा Jimny को आफ्नै एडभेन्चर क्लब स्थापनगरी यस्तो कार्यक्रम भविष्यमा संचालन गर्नेछौ । यो पहिलो संसकरण निकै सफल भयो र हामी सहभागी सबै Jimny ग्राहकलाई धन्यवाद दिन चाहन्छु ।’

GBIME

प्रतिक्रिया दिनुहोस्