काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । सोमबार छापावाला सुनको मूल्य ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ४० हजार ९ सय रुपैयाँले रेकर्ड राखेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने अघिल्लो दिन सुन १ लाख ४० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ रहेको छ । भने अघिल्लो दिन चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्